+
+
Shares

पहाडी भेगमा आगामी ३ दिन बदली र वर्षा

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २४ गते ८:१०

२४ असोज, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भेगमा आगामी ३ दिन बदली तथा वर्षा हुने जनाएको छ । तराई क्षेत्रको मौसम भने आगामी ३ दिन नै सफा रहने महाशाखाको प्रक्षेपण छ ।

महाशाखाका मौसमविद्हरूका अनुसार, देशको पूर्वी भू–भागमा शुक्रबार दिउँसो आंशिकदेखि सामान्य बदली हुने योग रहेको छ । मध्य र पश्चिमी पहाडी भू–भागमा आंशिक बदली हुने र पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, शुक्रबार राति पनि पहाडी भेगको मौसम सफा हुने छैन । यसका एक दुई स्थानमा वर्षा हुने योग छ ।

पहाडी भू–भागको मौसम शुक्रबार जस्तै शनिबार पनि धमिलिने छ । मौसमविद्हरूका अनुसार, शनिबार दिउँसो तथा राति आंशिक बदली रही एक दुई स्थानमा वर्षा हुने छ । एक दुई स्थानमा वर्षा हुने महाशाखाले जनाए पनि ती स्थान कुन हुन् भनेर महाशाखाले तोकेको छैन ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान जारी गरेको मौसम बुलेटिनका अनुसार, आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भागको आइतबारको मौसम भने सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?