Comments Add Comment

इन्टरनेट र आत्महत्या

विश्वभरिको आँकडा हेर्ने हो भने किशोरावस्थाका युवाहरुमा तीब्र मात्रामा आत्महत्याको आँकडा बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेण्डमा कुनै न कुनै व्यक्तिले आत्महत्या गरिरहेका हुन्छन् ।

विश्व स्वास्थ्य संगठनले हरेक वर्षको १० सेप्टेम्बरको दिन ‘सुसाईड प्रिवेन्सन डे’ अर्थात् विश्व आत्महत्या रोकथाम दिवस मनाउने गरेको छ । यसैको अवसरमा यस्ता रिपोर्टहरु आउने गर्दछ ।

आम रुपमा युवाहरुमा आत्महत्याको कारण डिप्रेसन, मदिरा सेवन, दुव्र्यवहार, हिंसा आदि रहेका छन् । त्यसमध्ये पनि सबैभन्दा मूल कारण इन्टरनेट रहेको विश्व स्वास्थ्य संगठनको ठहर छ ।

साईबर बुलिङ मुख्य कारण

साईबर बुलिङलाई विश्व स्वास्थ्य संगठनले किशोरकिशोरीहरुमा आत्महत्याको मूल कारण मानेको छ । साईबर बुलिङ, इन्टरनेट, म्यासेज, एप्स, सामाजिक सञ्जाल र विभिन्न किसिमका इन्टरनेट सम्बन्धी खेलहरुको कारण हुने गरेको छ । साईबर बुलिङको माध्यमबाट नै केही मानिसहरु फर्जी आईडी वा एप्लिकेसन बनाएर मानिसहरुलाई आफ्नो जालमा फसाउने गर्दछन् ।

त्यसपछि फोटो भिडियो जस्ता निजी सूचनाको आधारमा उनीहरुसँग नै भयादोहन (ब्ल्याकमेलिङ) गर्न सुरु गर्छन् । त्यसैले मनोचिकित्सकहरु इन्टरनेटको प्रयोगबाट बच्चाहरुलाई जतिसकिन्छ टाढा राख्नु पर्ने बताउँछन् ।

अश्लील तस्वीर एवं भिडियो

खास गरेर युवाहरु अहिले इन्टरनेटमा अश्लील तस्वीर एवं भिडियोप्रति मोहित हुने गरेका छन् । यो तस्वीर र भिडियोले उनीहरुको बिस्तारै बिस्तारै जिन्दगी नै खाइरहेको हुन्छ । यही तस्वीर एवं भिडियो कुनै समयमा गलत रुपमा भाइरल भइदिन्छ । यसका कारण बेइज्जती र बदनामीका कारण, डरका कारण वा डिप्रेसनका कारण समेत किशोर किशोरीहरु आत्महत्याको बाटो अपनाउने गर्छन् ।

बच्चाका साथमा समय बिताउनु जरुरी

किशोरवस्थामा बच्चाहरुलाई अरु समयमाभन्दा धेरै माया र सम्मानको आवश्यकता पर्दछ । आजकलको ब्यस्त समयमा बच्चाहरुले घरबाट सम्मान र माया पाउँदैन । जसका कारण उनीहरु इन्टरनेटबाट नै यसको खोजी गर्न सुरु गर्छन् ।

आफ्नो खाली समय कुनै सिर्जनात्मक काम गर्नुको साँटो बच्चाहरु इन्टरनेटमा समय बिताउने गर्छन् । जसका कारण उनीहरु डिप्रेसनको शिकार समेत बन्ने गरेका छन् । यो डिप्रेसनको कारण अरु नभएर अभिभावक नै हुने गर्दछन् । त्यसैले बच्चाहरुको साथमा पर्याप्त समय बिताउने गर्नुपर्दछ ।

उमेरमा सानै बच्चाहरु वास्तविक दुनियाँ र कृत्रिम दुनियाँबीच अन्तर पत्ता लगाउन सक्ने अवस्थामा हुँदैनन् । किशोरावस्थामा बच्चाहरु सामाजिक सञ्जालमा तथा डेटिङ साइटमा देख्ने हरकोहीको कुरालाई वास्तविक मान्ने गर्छन् । इन्टरनेटबाट हुने प्रेममा धोका पाउने एवं सम्बन्धमा धोका खाएपछि पनि बच्चाहरु निराश हुन्छन् ।

बच्चाको व्यवहारमाथि नजर राखौं

आत्महत्याभन्दा अघि व्यक्तिको व्यवहारमा कैयौं प्रकारको परिवर्तन आउने गर्दछ । प्राय: डिप्रेसन वा तनावको बिरामीको कुरा सुनिदिँदा उनीहरुको समस्या निकै हदसम्म कम हुने गर्दछ । त्यसैले आफ्नो बच्चाको व्यवहारमा थोरै मात्रै परिवर्तन आएको छ भने तत्कालै उपचारको खोजी गर्नुपर्छ । उनीहरुसँग कुराकानी गर्ने एवं उनीहरुको समस्यालाई समाधान गर्ने कोसिस गर्नुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment