Comments Add Comment

धेरै खाने होइन, धेरैबेर चपाएर खाने गरौं

भोजन खान धेरैलाई सजिलो लाग्छ । तर, भोजन खान नजानेर नै धेरै रोगहरु लाग्ने गर्छ । यो हिसाबले हेर्दा भोजन गर्नु पनि सजिलो काम भने होइन । हामीले खाएको खानाबाट पूर्ण पौष्टिकता प्राप्त गर्नका लागि जेसुकै कुरा पनि धेरैबेरसम्म चपाएर खानुपर्छ ।

खानालाई धेरैबेरसम्म चपाएर खाँदा हामीले खानामा कैयौं प्रकारको रस प्राप्त गर्नसक्छौं । जुन हाम्रो पाचन प्रणालीको लागि सहायक हुने गर्छ ।

केही विज्ञहरुले ३२ वटा दाँतसँगको सम्बन्धलाई जोडेर ३२ वटा दाँतको अर्थ जुनसुकै खानालाई पनि ३२ पटक चपाउनुपर्ने तर्क गर्ने गरेका छन् ।

राम्रोसँग नचपाई खाना निल्दा हाम्रो आँतलाई खाना पचाउने भार थपिन्छ र हाम्रो पाचनप्रक्रिया बिस्तारै बिस्तारै कमजोर बन्न थाल्छ । यसको असर मल निस्कासन अंगमा समेत पर्ने गर्छ । यसबाट कब्जियत लगायतका रोग लाग्ने चिकित्सकहरुको बुझाइ छ । त्यसकारण खाना खाँदा धेरै बेर चपाएर मात्रै निल्नुपर्छ ।

खानालाई धेरैबेर चपाएर खाँदा भोजनको मात्रामा आफैं नियन्त्रण कायम हुन्छ । किनकि धेरैबेर चपाएर खाँदा कम भोजनले पनि भेट भरिन्छ । राम्रोसँग चपाएर आएको एउटा रोटीले पनि चारवटा रोटीको जति पौष्टिकता प्रदान गर्ने गर्दछ । त्यसकारण धेरै खाना खानेभन्दा पनि प्रक्रिया पुर्‍याएर खाना खाने गर्नुपर्छ ।

खाना खाने सवालमा एउटा उक्ति पनि चर्चित छ । एकपटक खाए योगी, दुईपटक खाए भोगी र तीन पटक खाए रोगी । यसको तात्पर्य यो हो कि दुईपटकभन्दा धेरै भोजन गर्नेहरु प्राय: रोगी हुन्छन् । त्यसैले सम्भव भएसम्म दिनको दुईपटक मात्रै पूर्ण भोजन गर्नु उपयुक्त हुन्छ ।

दुई भोजनको समयमा कम्तिमा पनि ६ घण्टाको अन्तर हुनुपर्छ । यसबारे सबैभन्दा राम्रो नियम यो हो– जतिबेलासम्म तीब्र रुपमा भोक लाग्दैन, त्यतिबेलासम्म खाना नखानुहोस् । बिना भोकको खाना खानु भनेको स्वास्थ्यमा समस्या सिर्जना गर्नु मात्र हो ।

खाना धेरैबेर चपाएर खानुको फाइदा यस्ता छन् 

१. खाना खानु जति जरुरी छ त्यति नै चपाउनु पनि महत्वपूर्ण छ । राम्रोसँग चपाएर खाँदा कम खानाले पेट भरिनुका साथै सन्तुष्टि पनि हुने गर्दछ ।

२. जब हामीले खाना चपाएर खान्छौं भने हाम्रो पाचनतन्त्र पाचनका लागि तयार रहन्छ । यसरी हामी जति धेरै चपाएर खाने गर्दछौं । त्यति नै राम्रोसँग हाम्रो पाचनतन्त्रले काम गर्नेछ ।

३. ठीक तरिकाले चपाएर भोजन गर्दा इन्द्रीयले भोजनलाई कैयौं टुक्रामा बाँडेर पाचनतन्त्रसम्म पठाउने गर्दछ । यस्तो अवस्थामा पाचनतन्त्रहरु पाचनका लागि तयार हुन्छ । जस्तो दाँतको चपाउनुपर्ने काम पाचनतन्त्रले गर्न थालेपछि पाचनप्रक्रियामा त समस्या अवश्य पनि हुने नै भयो ।

४. ठीकसँग चपाएर खानुले स्वादमा समेत असर गर्ने गर्छ । धेरैबेरसम्म चपाएको खानामा स्वाद पनि मीठो हुने र त्यसको आनन्द पनि लामो समयसम्म हुने गर्छ ।

५. विस्तारै चपाएर खाना खानुले हाम्रो शरीरका जरुरी हर्माेनहरुलाई पाचन प्रक्रियामा भाग लिनको लागि पर्याप्त समय मिल्नेछ । जसका कारण लेप्टिन, ग्रेलिन जस्ता हर्माेनहरुले बिस्तारै पाचन प्रक्रिया सञ्चालन गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment