+
+
Shares

सम्पादक कृष्ण ढुंगानाको स्वास्थ्यमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २५ गते १२:४३

२५ असोज, काठमाडौं । सवारीसाधनको ठक्करबाट गम्भीर घाइते नेपाल खबरका सम्पादक कृष्ण ढुंगानाको स्वास्थ्यमा सुधार आएको छ ।

त्रिपुरेश्वरस्थित सडकको जेब्राक्रमसबाट बाटो काट्दै गर्दा ढुंगानालाई बिहीबार साँझ  बा.३३प २३७ नम्बरकाे मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते ढुंगानाको टाउकोमा चोट लागेको छ ।

घाइते ढुंगानाको राष्ट्रिय ट्रमा सेन्टरको सघन उपचार कक्ष (आईसीयू) मा राखेर अहिले उपचार भइरहेको छ। उनको बिहीबार राति शल्यक्रिया गरेर मस्तिष्कमा जमेको रगत निकालिएको र अवस्था सुधार भएको उनकी पत्नी स्मिता पौडेलले अनलाइनखबरलाई जानकारी दिइन् । पौडेलका अनुसार, सिटी स्क्यान र रगतको रिपोर्ट पनि राम्रो आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?