+
+
WC Series
कर्णाली याक्स 2025
149/7 (20)
VS
Kathmandu Gorkhas won by 5 wickets
Won काठमान्डु गोर्खाज 2025
155/5 (17.6)
Shares

कुखुरा मासुको मूल्य बढ्यो

तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको छ । यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय २० रुपैयाँ थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते ११:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले दुई साताभित्र दोस्रो पटक कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँ बढाएको छ।
  • जिउँदो कुखुरा प्रतिकिलो मूल्य २ सय ४० रुपैयाँ र तयारी कुखुरा मासुको मूल्य ३ सय ३० रुपैयाँ कायम भएको छ।
  • संघ अध्यक्ष जंगबहादुर बीसीले जाडो बढ्दै गएपछि कुखुरा उत्पादन घट्ने र त्यसले मूल्य बढ्ने बताए।

१५ मंसिर, काठमाडौं । दुई साताभित्र दोस्रो पटक कुखुरा मासुको मूल्य बढेको छ ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज सोमबारदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँ बढेको जानकारी दिए ।

मूल्य बढेसँगै जिउँदो कुखुरा प्रतिकिलो २ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ३० रुपैयाँ थियो ।

यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको छ । तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको अध्यक्ष बीसीले बताए । यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय २० रुपैयाँ थियो ।

अध्यक्ष बीसीका अनुसार जाडो बढ्दै गएपछि कुखुरा उत्पादन घट्ने भएकाले मूल्यवृद्धि भएको हो । ‘चिसोमा उत्पादन कम हुन्छ,’ उनले भने, ‘उत्पादन कम हुँदा बजारमा कुखुरा अभाव हुने र त्यसले मूल्य बढ्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?