Comments Add Comment

वीरगञ्जमा वाटर उद्योगमा आगलागी

२५ असोज, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१० आदर्शनगर पानी ट्याङ्कीस्थित ओम साइ ड्रिंकिंग वाटर उद्योगमा शनिबार विहान आगलागी भएको छ । आगलागीबाट करिब ४ करोड मुल्य बराबारको क्षती भएको प्रहरीले जनाएको छ ।

वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाहरुको सहयोगमा आगलागी ३ घण्टापछि नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी गौतम थापाले आगो नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।

आगलागीको कारण खुल्न नसकेपनि विधुत सर्ट भएर उद्योगमा आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment