+

युरोकप २०२० मा इटलीको स्थान सुरक्षित

२०७६ असोज  २६ गते ८:४२ २०७६ असोज २६ गते ८:४२
युरोकप २०२० मा इटलीको स्थान सुरक्षित

२६ असोज, काठमाडौं । ग्रिसलाई हराउँदै इटलीले युरोकप २०२० मा स्थान सुरक्षित गरेको छ ।

रोममा शनिबार राति भएको खेलमा इटलीले ग्रिसलाई २–० गोल अन्तरले हराएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको इटलीले मात्र एकपटक विपक्षी पोष्टमा सही प्रहार गरेको थियो ।

तर, दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको उसका लागि ६३ औं मिनेटमा जोर्निन्योले पेनाल्टी गोलमार्फत अग्रता दिलाए । ग्रिसका इन्ड्रियस बुचलाकसले ह्याण्ड गरेपछि घरेलु टोलीले पेनाल्टी पाएको थियो ।

खेलको ७८ औं मिनेटमा फेडरिको बर्नाडेस्कीले गोल गर्दै इटलीको जित सुनिश्चित गरे ।

जितसँगै समूह ईको शीर्ष स्थानमा रहेको इटलीको २१ अंक भएको छ र तेस्रो स्थानमा रहेको अर्मेनियाभन्दा ११ अंकले अगाडि छ । ग्रिस भने ५ अंकसहित पाँचौं स्थानमा छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय