Comments Add Comment

वीरगञ्जमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु

२६ असोज, वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा वेथान नगरपालिका–७, दार्चुलाकी ४० वर्षीया विसन खत्रीको मृत्यु भएको हो ।

वीरगञ्ज–१४ स्थित चिनिमिल आवासक्षेत्रमा बस्दै आएकी उनलाई वीरगञ्जबाट गण्डकतर्फ गइरहेको ना ६१ प ४४५१ नम्बरको मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करबाट घाइते खत्रीलाई तत्काल उद्दार गरी गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा लागिएको थियो । हेल्थ केयर अस्पतालमै उपचारको क्रममा उनको मृत्यु भएकोे जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख ट्राफिक प्रहरी निरीक्षक राजकुमार सिंहले जानकारी दिए ।

मोटरसाइकलसहित वीरगञ्ज–३१ बस्ने त्यसका चालक भरत भण्डारी थारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment