+
+

भुटानी शरणार्थी शिविरमा आगलागी, ९ छाप्रा पूर्णरुपमा क्षति

रासस रासस
२०७६ असोज २६ गते १३:३१

२६ असोज, दमक । झापाको दमक–३ स्थित भुटानी शरणार्थी शिविरमा आइतबार बिहान आगलागी भएको छ ।

दमकको उत्तरी क्षेत्र बेलडाँगी–२ स्थित बाक्लो बस्ती रहेको शिविरमा दशैँको अन्तिम दिन ग्यास चुल्होबाट निस्केको आगोले शिविरका नौ ओटा छाप्रा पूर्णरुपमा क्षति पुगेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए । आगलागीबाट अन्य छाप्रा जोगाउनका लागि केही छाप्रा भत्काइएको थियो ।

नगरपालिकाको बारुणयन्त्र, स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासबाट आगो निभाइएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख श्यामल सुब्बाले जानकारी दिए । आगलागीबाट एक जना शरणार्थी सामान्य घाइते भएका छन् भने क्षतिको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?