+
+

चीनमा नेपाली सुन्तला निर्यात गर्ने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २६ गते १३:२३

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो ।

आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।

नेपाली उत्पादनको बजार बिस्तार र व्यापार घाटा न्यूनिकरणका लागि समझदारी फलदायी हुने विश्वास कृषि मन्त्रालयको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?