Comments Add Comment

चीनका दुई ‘जम्बो’ जहाज राख्न विमानस्थलका ५ पार्किङ वे उपयोग

२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणका दौरान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा जम्बो जहाज (बी७४७–८९एल) अवतरण छन् । बी२४८२ र बी २४७९ कल साइन भएका यी दुई जहाजलाई विमानस्थलका ५ वटा पार्किङ वे ओगटेर पार्किङ गरिएको छ ।

त्रिभुवन विमानस्थलमा रहेको एउटा र्पािर्कङ वेमा सामान्यतया एउटा वाइडबडी जहाज पार्किङ गरेर राख्न मिल्छ । तर, राष्ट्रपति स्वयमः र चिनियाँ प्रतिनिधि सवार एक तथा सुरक्षाकर्मी चढेको अर्को जहाज नेपालमा व्यवसायिक उडान गर्ने अन्य जहाजको तुलनामा ठूलो आकारका हुन् ।

धेरै ठूलो आकारका भएकाले ५ वटा वे प्रयोग गरी भीभीआईपी सवार दुई जहाज पार्किङ गरिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिए । ‘हामीले यस भ्रमणका लागि अग्रिम व्यवस्थापन सकेका थियौं, त्यसकारण पनि अहिले कुनै समस्या भएन, एउटा पनि जहाजले आकासमा होल्ड गर्नुपरेको छैन,’ उनले भने । त्रिभुवन विमानस्थलमा ११ वटा पार्किङ वे रहेका छन् । यस अवधिमा सबै र्पािकङ वे खुला गरी व्यवसायिक उडानको व्यवस्थापन गरिएको उनले जानकारी दिए ।

अतिविशिष्ट पाहुना बोकेर आउने जहाजको पार्किङ र उडान व्यवस्थापनका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई अग्रिम जानकारी दिएको थियो । यस अवधिमा त्रिभुवन २४ सै घण्टा संचालनमा आएको छ । त्रिभुवन विमानस्थलमा जारी मर्मत सम्भार र स्तरोन्तीको काम भने बन्द गरिएको छ ।

भीभीआईपीका जहाजलाई निशुल्क पार्किङ

त्रिभुवन विमानस्थलमा करीव २२ घण्टा रोकिने यी दुई जहाजले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पार्किङलगायत अन्य विमानस्थल प्रयोगसम्बन्धी कुनै पनि शूल्क तिर्नु पर्दैन । प्राधिकरणका सूचना अधिकृत त्रिलोचन पौडेलका अनुसार अतिविशिष्ट पाहुना चढेर आएका जहाजहरुलाई शूल्क लिने प्रचलन छैन । व्यवसायिक उडानमा आएका चार्टर्ड जहाजले भने अनिवार्य पार्किङ र अन्य शूल्क बुझाउनु पर्छ ।

कसरी गरिएको छ व्यवस्थापन ?

शनिबार दिँउसो २ः५५ देखि ५ः२५ सम्म त्रिभुवन विमानस्थलमा व्यवसायिक उडान–अवतरण बन्द गरिएको थियो । सोही समयमा चिनियाँ राष्ट्रपतिको आगमन भयो ।

आइतबार भने अपरान्ह ११ः२० देखि १ः५० सम्म विमानस्थल बन्द गरिएको छ । यस अविधका व्यवसायिक उडानहरु (‘नोटाम’को अगाडि र पछाडि हुने गरी व्यवस्थापन मिलाइएको प्राधिकरणले उल्लेख गरेको छ । २४ सै घण्टा विमानस्थल संचालनमा ल्याइएका कारण उडानहरु रद्द हुने छैनन् । नियमित समयभन्दा केही वर या परको समयमा उडान नियमित संचालन हुने प्राधिकरणले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment