
२६ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ४५ वर्ष पुरानो सम्बन्ध रहेको स्मरण गरेका छन् ।
आइतबार नेपाली कांग्रेसले आयोजना गरेको चियापानमा कार्यक्रममा सहभागी भएका उनले चाडपर्वमा आयोजना हुने यस्ता कार्यक्तमले सम्बन्ध अझै राम्रो बनाउने बताए ।
‘शेरबहादुर देउवासँग मेरो ४५ वर्षदेखिको सम्बन्ध हो, रामचन्द्र पौडेलजीसँग पनि पुरानो सम्बन्ध छ, यस्ता चाडपर्वले पनि सम्बन्धलाई अझ राम्रो बनाउँछ’ उनले भने ।
प्रधानमन्त्री ओलीले चाडपर्वले सम्बन्ध मजवुत बनाउने भन्दै चाडपर्वका अवसरमा कांग्रेसले सुरु गरेको चियापान कार्यक्रम अहिले परम्पराजस्तो बनेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4