
२६ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङकोे नेपाल बसाई निकै व्यस्त रह्यो ।
शनिबार अपराह्न काठमाडौंमा ओलिँदा भब्य स्वागत पाएका उनी सिधै सोल्टी होटल पुगे । नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास आए र रात्रीभोजका लागि फेरि होटलमा पुगे । त्यहाँ दुबै राष्ट्रपतिले सम्बोधन गरे ।
भोलिपल्ट आइतबार पनि राष्ट्रपति सी उच्चस्तरीय राजनीतिक भेटवार्ताहरुमा व्यस्त रहे । विहान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेताहरुलाई भेटेका उनी त्यसपछि नेपाल–चीन प्रतिनिधिमण्डल स्तरको वार्तामा सहभागी भए ।
सीकै उपस्थितिमा दुई देशबीच २० वटा सहमति तथा सम्झौताको हस्ताक्षर भयो । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टै वार्ता गरेका उनी विमानस्थल पुगे, जहाँ विदाई गर्न राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु लगायत उपस्थित थिए ।
शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेका सी करिब २ बजेर १५ मिनेटमा स्वदेश फिर्ता भएका थिए ।
सीको नेपाल बसाईका केही तस्वीरहरु













प्रतिक्रिया 4