+
+
Shares

बाँझो जमिन सुकुमवासीलाई लिजमा दिने वातावरण बन्नुपर्छ : सांसद सेन्दाङ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्।
  • उनले बाँझो जमिन उपयोगमा ल्याउन सुकुमवासी नागरिकलाई लिजमा जमिन उपलब्ध गराउने नीति ल्याउन सुझाव दिएकी छन्।
  • सांसद सेन्दाङले विदेशमा रहेका युवालाई समेत कृषि र बाँझो जमिनसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्ने बताएकी छन्।

१ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीताकुमारी सेन्दाङले किसानलाई आवश्यक रासायनिक मल यथाशक्य उपलब्ध गराउन सरकारसँग माग गरेक िछिन् ।

कृषकको लगानीका आधारमा सरकारले मल आपूर्ति सुनिश्चित गर्नुपर्नेमा उनको जोड छ ।

‘अहिले तत्कालको लागि किसानलाई रासायनिक मलको आपूर्ति गरिदिनुपर्छ । कृषकले गरेको लगानीका आधारमा उनीहरूलाई आवश्यक पर्ने मल सरकारले उपलब्ध गराउनुपर्‍यो,’ उनले भनिन् ।

सांसद सेन्दाङले बाँझो जमिन उपयोगमा ल्याउन सुकुमवासी नागरिकलाई लिजमा जमिन उपलब्ध गराउने नीति ल्याउन समेत सरकारलाई सुझाव दिइन् ।

विदेशमा रहेका युवालाई समेत कृषि र बाँझो जमिनसँग जोड्ने वातावरण सिर्जना गर्नुपर्ने उनको भनाइ छ ।

‘अहिले सुकुमवासीको कुरा आएको छ । सरकारले बाँझो जमिनमा सुकुमवासी नागरिकलाई लिजमा दिएर हुन्छ कि के गरेर हुन्छ बिना लगानी काम गर्ने वातावरण सिर्जना गर्नुपर्छ । विदेशमबाट युवाहरूलाई समेत बाँझो जमिनसँग जोड्नुपर्छ,’ उनले भनिन् ।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले बाँझो जमिनलाई खेतीयोग्य जमिनमा रूपान्तरण गरी सुकुमवासी तथा युवा पुस्तालाई उत्पादनमुखी रोजगारी र कृषि शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?