Comments Add Comment

बुढानीलकण्ठमा कौडाको खालबाट ११ जना पक्राउ

Photo Credit : Onlinekhabar Archive

२६ असोज, काठमाडौं । प्रहरीले बुढानिलकण्ठको भसन्थलीमा कौडा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा आइतबार राति साढे १० बजे प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी प्रभाग, बुढानिलण्ठका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले उनीहरुको साथबाट ४ लाखभन्दा बढी रुपैयाँ पनि बरामद गरेको छ ।

थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment