+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

घोराहीमा लागूऔषधसहित ५ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते ७:२९

२७ असोज, घोराही । दाङमा लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१४ का सरोज बस्नेत, लोहासुरका अर्जुन भन्ने भीमबहादुर बुढामगर, घोराही–१५ का कविन बस्नेत, घोराही–१४ का लिजन विसी र घोराही–१५ का प्रवीन विश्वकर्मा छन् ।

उनीहरु सबै आइतबार घोराहीको नयाँ बसपार्कबाट पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी तीन हजार ९७० क्याप्सुल, नाइट्राजिपाम ट्याब्लेट १० थान, लोराजिपाम इन्जेक्सन दुई एमजिएम, एल एक थान, प्रोमेथाजिन हाइड्रो क्लोराइड दुई एमएल इन्जेक्सन एक थान, फेनिरामाइन्ड मालिट दुई एमएल इन्जेक्सन एक थान बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ परिच्छेद ३ दफा २२ (ग) अनुसार मुद्दा दर्ता गरी आवश्य अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?