Comments Add Comment

मनाङ एयरले थप्यो नयाँ हेलिकप्टर, आजबाट व्यवसायिक उडान

२७ असोज, काठमाडौं । मनाङ एयर प्रालिले नयाँ हेलिकप्टर थपेको छ । मनाङ एयरले फ्रान्समा बनेको अत्याधुनिक ‘एएस ३५० बी ३ ई’ हेलिकप्टर थपेको हो ।

सो हेलिकप्टरले सोमबारबाट व्यवसायिक उडान थालेको कम्पनीले जनाएको छ । यस हेलिकप्टरलाई नागरिक उड्डयन प्राधिकरणले ९ एन-एएनजे कलसाइन दिएको छ ।

यो एयरबस कम्पनीको हेलिकप्टर हो । १ वैशाख २०७६ मा लुक्ला विमानस्थलमा समिट एयर दुर्घटनामा पर्दा मनाङको हेलिकप्टरमा पनि क्षति भएको थियो । उक्त होलिकप्टर कामै नलाग्ने गरी बिगि्रएपछि कम्पनीले नयाँ हेलिकप्टर थपेको हो ।

कम्पनीका प्रवन्धक (सेफ्टी तथा अपरेशन) राजु न्यौपानेका अनुसार नयाँ हेलिकप्टर दशैं अगाडि नै भित्रिएको थियो । आवश्यक कागजात प्रक्रिया सकिएपछि सोमबारबाट व्यवसायिक उडान शुरु गरिएको उनले जानकारी दिए ।

अब मनाङसँग दुईवटा हेलिकप्टर पुगेका छन् । यी हेलिकप्टरले २३ हजार फिटको उचाइसम्म सुरक्षित उडान गर्न सक्छन् । हेलिकप्टरहरु पर्यटकीय सेवा, दृष्यावलोकन तथा आकस्मिक उद्दारमा प्रयोग हुने कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment