+
+

बालुवाटारमा जग्गा किनेर ठगियौं : एनआरएनए

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २७ गते १४:३२

२७ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बालुवाटारस्थित ललिता निवासको विवादास्पद जग्गा अञ्जानमा खरिद भएको बताएको छ ।

नेपालको राज्य संयन्त्रलाई विश्वास गर्दा समस्या आएको सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव बद्री केसीले बताए ।

‘संस्थाको नाममा जग्गा छ । ब्युरोक्रेसीबारे नजान्दा अहिले समस्या आएको हो’ उनले भने ‘राज्यबाट जनता ठगिएझैं हामी पनि ठगियौं ।’  उक्त जग्गा आफूहरुले पैसा तिरेर किनेको र लालपूर्जा संस्थाकै नाममा रहेको पनि जिकिर गरे ।

बालुवाटारमा व्यक्तिको नाममा गरेको सरकारी जग्गाको केही अंश एनआरएनएले किनेको थियो । सरकारी जग्गा भन्ने जान्दाजान्दै एनआरएनए नेतृत्व पनि उक्त घोटालामा सहभागी भएको भनी आलोचना भइरहेका बेला एनआरएनएले त्यस विषयमा जानकारी नभएको बताएको हो ।

महासचिव केसीलेल भने ‘मुद्दा प्रक्रियामा छ । लालपुर्जा हामीसंग छ । अहिलेसम्म हाम्रै हाे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?