Comments Add Comment

टिकीसरी हत्याको आरोपमा एक जना पक्राउ

२७ असोज, बुटवल । बुटवल ज्योतीनगरकी टिकीसरी गुरुङको हत्यामा संलग्न एक जनालाई बुटवल प्रहरीले पक्राउ गरेको छ ।

गत असोज १७ गते धारीलो हँसिया प्रयोग गरी हत्या गरिएकी गुरुङको हत्या अभियोगमा मकवानपुर जिल्ला हेटौडा घर भएका राम लामालाई प्रहरीले सोमबार सार्वजनिक गरेको हो  ।

बाख्रा चराउन गएकी गुरुङलाई हँसिया प्रहार गरी बुटवल बहुमुखी क्याम्पस पछाडीको जङ्गलमा फालिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

लामालाई नुवाकोटबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी भिमलाल भट्टराईले जानकारी दिए ।

६६ वर्षिया गुरुङले लगाएको गरगहना समेत लुटेका लामालाई कर्तब्य ज्यान र डाकाका चोरी अभियोगमा मुद्दा चलाई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment