Comments Add Comment

युरो कप छनोट : टर्कीले रोक्यो फ्रान्सलाई

२८ असोज, काठमाडौं । युरो कप छनोटमा टर्कीले फ्रान्सलाई १–१ गोलको बराबरीमा रोकेको छ ।

सोमबार राति समूह ‘एच’ को खेलमा टर्कीले फ्रान्सकै घरेलु मैदानमा १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न सफल भएको हो । टर्कीका लागि केन आयहानले गोल गरे । यता, फ्रान्सका लागि ओलिभर जिराउडले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको फ्रान्सले दोस्रो हाफमा आफ्नो अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य बन्यो । खेलको ७६ औं मिनेटमा जिराउडले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर खेलको ८२औं मिनेटमा आयहानले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याएका थिए ।

समूह ‘एच’ मा रहेको टर्की आठ खेलबाट ६ खेलमा जित एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै १९ अंक बनाएर शीर्ष स्थानमा छ । गोलअन्तरले दोस्रो स्थानमा रहेको फ्रान्सको पनि आठ खेलबाट ६ खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी खेल्दै समान अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment