+
+

नवलपरासीस्थित नहरमा एक पुरुष मृत फेला

रासस रासस
२०७६ असोज २८ गते १२:४९

२८ असोज, परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको गुठीप्रसौनीस्थित नेपाली नहरमा एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । करीब ३०/३५ वर्षको देखिने पुरुष व्यक्तिको शव नहरको पानीमा घोप्टो परेको अवस्थामा मंगलबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

उनको अहिलेसम्म परिचय खुल्न सकेको छैन । नहरछेउको सडकमा एउटा भारतीय मोटरसाइकल र उनले प्रयोग गरेको मोबाइल बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक लालमणि आचार्यसहितको प्रहरी टोली घटनास्थलमा पुगेको छ । घटनाको प्रकृति हेर्दा हत्या भएको हुनसक्ने देखिएकाले प्रहरीले सूक्ष्म ढङ्गले अनुसन्धान थालेको जनाएको छ । घटनाको अनुसन्धानका लागि तालीम प्राप्त कुकुर मगाइएको प्रवक्ता थापाले बताए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?