+
+
Shares

१० लाखसहित एक जना हुण्डी कारोबारी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २८ गते १५:१९

२८ असोज, काठमाडौं । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न एक जनालाई मोरङको विराटनगर महानगरपालिका-४ को कन्चनबारी चोकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी बर्जु गाउँपालिका-३ का २४ बर्षीय उमाकान्त राय रहेका छन् ।

रायले बोकेको झोला चेकजाँच गर्दा झोलाभित्र विभिन्न दरका नेपाली नोट रू १० लाख, प्राइम बैंक र एनसीसी बैंकको चेकबुक १/१ थान लगायतका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका रायलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?