Comments Add Comment

पारसले भने – कप्तानी छाड्ने उपयुक्त समय यही हो

२८ असोज, काठमाडौं । क्रिकेटर पारस खड्काले राष्ट्रिय टिमको कप्तानबाट राजीनामा दिने अहिले नै उपयुक्त समय रहेको बताएका छन् ।

मंगलबार पत्रकारहरुसँगको कुराकानीमा उनले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएपछि नयाँ ढंगले अघि बढ्नुपर्ने भएकाले राजीनामा दिएको प्रतिक्रिया दिए ।

अब नेपाली क्रिकेटलाई अघि बढाउन मैदानमा खेलाडीहरुले र मैदान बाहिर क्रिकेट संघको पदाधिकारीले राम्रो गर्नुपर्ने भन्दै उनले नयाँ तकिाले अघि बढ्न सहज होस् भनेर कप्तानी छाडेको बताए ।

उनले आफूले कप्तान पद छाडे पनि क्रिकेटबाट टाढा हुन नसक्ने बताए । क्यानको नयाँ छनोट समितिले चयन गरेमा खेलाडीका रुपमा क्रिक्रेट खेल्ने पारसले बताए । उनले कप्तानमा रुपमा आफू अब नफर्किने पनि प्रष्ट्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment