
२८ भदौ, काठमाडौं । धादिङमा चक्कुले आफ्नै घाँटी काट्दा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
मंगलबार विहान साढे ९ बजे तरकारी काट्ने चक्कुले आफ्नै घाँटी रेटेका सिद्धलेख गाउँपालिका २ का ५० वर्षका गोपालबहादुर ब्याजबासी मगरको उपचारका लागि धादिङपेशीस्थित अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव धादिङ जिल्ला अस्पतालमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4