Comments Add Comment

बन्द–हड्ताल निषेधित क्षेत्रमा मौसम पूर्वानुमान सेवा पनि थप

२८, असोज, काठमाडौं । सरकारले बन्द हड्ताल गर्न नपाइने १९ अत्यावश्यक सेवा क्षेत्रको सूची सार्वजनिक गरेको छ । गृह मन्त्रालयले मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवालाई पनि निषेधित क्षेत्रमा राख्दै नयाँ सूची जारी गरेको हो ।

सरकारले प्रत्येक ६/६ महिनामा सरकारले यस्तो सूची अपडेट गर्छ । नयाँ सूचीमा अघिल्लोपटकका १८ वटा क्षेत्रलाई निरन्तरता दिँदै एउटा क्षेत्र थप गरिएको छ । सूचिअनुसार यात्री तथा मालसामान ओसारपसार गर्ने कुनै पनि यातायात क्षेत्र बन्द–निषेधित छन् । डाँक, तार वा टेलिफोन सेवालाई पनि अत्यावश्यक सेवामा समावेश गरिएको छ ।

हवाई ग्राउण्ड, रेल्वे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारप्रसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवालाई समेत यस सूचिमा राखिएको छ । प्रिन्ट वा सरकारी छापाखाना, हातहतियार, खरखजाना वा अरु कुनै गैरसैनिक सर–सामानको उत्पादन, वितरणसँग सम्बन्धित काममा समेत बन्द हड्ताल गर्न पाइने छैन ।

आन्तरिक सुरक्षा, सञ्चार सेवा, खानेपानीको सञ्चालन तथा वितरण, पर्यटन आवास, होटेल, मोटेल, रेष्टुरेन्ट र रिसोर्टमा पनि बन्द हड्ताल निषेध गरिएको छ । पेट्रोलियम पदार्थ (एलपी ग्याँस)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा पनि यस्ता गतिविधि गर्न पाइने छैन ।

अस्पताल तथा स्वास्थ्य केन्द्र संचालन सम्बन्धी सेवा (एम्बुलेन्ससहित), औषधि निर्माण तथा विक्रि, फोहोरमैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल व्यवस्थापनसँग सम्बन्धित सेवालाई समेत यस सूचिमा राखिएको छ । बैंकिङ, बीमा, विद्युत, दैनिक उपभोग्य वस्तु (खाद्यान्न, दाल चाम, नुन, तेल)को पैठारी, ढुवानी, भण्डारण तथा वितरणमा पनि अवरोध तथा बन्द हड्ताल निषेध गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment