+

दुई खेलअघि नै युरो कप २०२० का लागि छानियो स्पेन

२०७६ असोज  २९ गते ७:३६ २०७६ असोज २९ गते ७:३६
दुई खेलअघि नै युरो कप २०२० का लागि छानियो स्पेन

२९ असोज, काठमाडौं । घरेलु टोली स्विडेनसँग १–१ गोलको बराबरी खेलेसँगै स्पेन युरो कप २०२० को लागि छनोट भएको छ ।

मंगलबार राति समूह ‘एफ’ को खेलमा स्पेनले घरेलु टोली स्विडेनसँग अन्तिम समयमा गोल गर्दै १–१ गोलको बराबरी खेलेको हो । स्पेनलाई युरोकपमा छनोट गराउन रोड्रिगोले गोल गरे । यता, स्विडेनका लागि भने मार्कुस बेर्गले गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको स्विडेनले खेलको ५० औं मिनेटमा मार्कुसको गोलबाट अग्रता लिएको थियो । जितनजिक पुगेको स्विडेन अन्तिम समयमा गोल खान पुग्यो । खेलको अतिरिक्त समयमा रोड्रिगोल गोल गर्दै १–१ गोलको बराबरी दिलाए ।

आठ खेलबाट ६ खेलमा जित र दुई खेलमा बराबरी खेलेको स्पेन दुई खेलअघि नै युरो कपमा छानिएको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय