+
+
Shares

भारत लैजाँदै गरेको मदिरासहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १३:३२

२९ असोज, वीरगञ्ज । भारतको बिहारमा मदिरा निषेध गरेपछि छेउछाउका मदिरा पारखीले नेपाललाई गन्तव्य बनाएका छन् ।

उनीहरुलाई लक्षित गरेर पर्साको सीमावर्ती इलाकामा मदिरा भट्टी र पसल खोलिएका छन् । तर, अलि टाढाका न नेपाल आउन पाउँछन, न मदिरा पिउन पाउँछन् । त्यस्ता मदिरा पारखीलाई लक्षित गरेर नेपालबाट भारततर्फ मदिरा तस्करी हुने गरेको छ ।

खुल्ला सीमाको फाइदा उठाउँदै कारोबारीहरुले पर्सा जिल्लाको विभिन्न नाकाबाट मदिरा तस्करी गर्दै आइरहेका छन् । सोही क्रममा प्रहरीले दुईजनालाई भारततर्फ मदिरा लैजाँदै गर्दा नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय ठोरीको टोलीले दुई दिनअघि भारत बिहार जिल्ला पश्चिम चाम्पारण नरकटियागञ्ज बस्ने २७ वर्षीय भोलाकुमार जैसवाल र पर्साको ठोरी गाउँपालिका-२ बस्ने २० वर्षीय राजु साहलाई नियन्त्रणमा लिएको हो ।

बीआर०६टीभी४३३१ नम्बरको भारतीय गाडीमा अवैधरुपमा सिल प्याक मदिरा भारत दैजाँदै गर्दा उनीहरुलाई प्रहरीले ठोरी गाउँपालिका-२ बाट नियन्त्रणमा लिएको हो ।

गाडीबाट टुबोर्ग वियर १२ बोतल, टाइगर वियर १२ बोतल, किङफिसर २४ बोतल, ब्यारन रक्सी ५४ बोतल, गोल्डेन ओक ३६ बोतल र, सिगनेचर ३६ बोतल, रुसलान भोट्का ३६ बोतल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीहरुलाई मदिरा र गाडीसहित आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?