Comments Add Comment

एनआरएनएको नयाँ नेतृत्वका लागि को को छन् उम्मेदवार ?

२९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयनका लागि बुधबार बेलुका मतदान हुँदैछ ।

नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्य प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । अध्यक्षका उम्मेदवार पन्तको प्रस्तावकमा राधिका गुरुङ र समर्थकमा डीबी क्षेत्री रहेका छन् ।

त्यस्तै अध्यक्षका अर्का उम्मेदवार आचार्यको प्रस्तावकमा दिलबहादुर गुरुङ र समर्थकमा विश्व आदर्श पण्डित रहेका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली अनुसार चार जना निर्वाचित हुने उपाध्यक्ष पदमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा हिक्मतबहादुर थापा, किरणबिक्रम थापा, अर्जुनकुमार श्रेष्ठ, नरेन्द्रबहादुर भाट, डा. बद्री केसी, मन केसी, धर्मराज अधिकारी, सोनाम लामा र डा.केशव पौडेल रहेका छन् ।

एक जना निर्वाचित हुने महिला उपाध्यक्षमा सपिला राजभण्डारी र रविना थापाको उम्मेदवारी परेको छ । महासचिवमा जानकी गुरुङ र डा. हेमराज शर्माको उम्मेदवारी परेको छ । गुरुङ आचार्य र थापा पन्त प्यानलका हुन् ।

२ जना निर्वाचित हुने सचिव पदमा ७ जनाको उम्मेदवारी परेको छ । जसमा दीपकप्रसाद ओली, सुष्मा लिम्बु, अभिमानसिंह बस्नेत, शिवकुमार बरुवाल, गौरीराज जोशी, आरके शर्मा र विनय अधिकारी रहेका छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा तीन जनाको उम्मेदवारी परेको छ । जसमा आचार्य प्यानलबाट सोमनाथ सापकोटा, पन्त प्यानलबाट महेशकुमार श्रेष्ठले तथा स्वतन्त्र रुपमा सुदन थापाले उम्मेदवारी दिएका छन् ।

एक जना निर्वाचित हुने सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल र गोविन्दप्रसाद गौतमको उम्मेदवारी परेको छ ।

महिला संयोजकमा प्रमिला खड्का बस्नेत, भोमादेवी लिम्बु र संगीता मरहट्टाको उम्मेदवारी परेको छ । युवा संयोजकमा हिमाल गुरुङ, स्वतन्त्रप्रताप थापा र सुदीप कार्कीको उम्मेदवारी परेको छ ।

क्षेत्रीय संयोजक र उपसंयोजकमा को को ?

अफ्रिकाको क्षेत्रीय संयोजकमा रोशन थापा निर्विरोध चयन भएका छन् भने उपसंयोजकमा कसैको पनि उम्मेदवारी परेको छैन । अफ्रिकाक्षेत्रको महिला संयोजकमा मनकला थापा विष्टको मात्र उम्मेदवारी परेको छ भने क्षेत्रीय युवा संयोजकमा कसैको उम्मेदवारी परेको छैन ।

एशिया प्रशान्त क्षेत्रको क्षेत्रीय संयोजकमा गोविन्द श्रेष्ठ (रोविन्द) आविज गुरुङ (ओम) र केपी सिटौलाको उम्मेदवारी परेको छ । उपसंयोजकमा पारसमणि पोखरेल, टंकप्रसाद गैरे, खगेन्द्र न्यौपाने र विनोद कुँवरको उम्मेवदारी परेको छ । महिला संयोजकमा अमृता थापा निर्विरोध चयन भएकी छन् । युवा संयोजकमा मिलन घिमिरे र दीपकप्रसाद कँडेलको उम्मेदवारी परेको छ ।

अमेरिकाजको क्षेत्रीय संयोजकमा राजन त्रिपाठी र डा. विनोदप्रसाद शाह, उपसंयोजकमा राम सी पोखरेल र अभिमन्यू बस्नेतको उम्मेदवारी परेको छ । महिला संयोजकमा राधाकुमारी पौडेल र उमा कार्की थापाको उम्मेदवारी परेको छ भने क्षेत्रीय युवा संयोजकमा विमला सापकोटा निर्विरोध भएकी छन् ।

मध्यपूर्व संयोजकमा प्रविन गुरुङ, दुई जना उपसंयोजकमा राजेन्द्र अर्याल र मनोजकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । महिला संयोजकमा सुमित्रादेवी पौडेल पनि निर्विरोध चयन भएकी छन् ।

ओसेनिया क्षेत्रको संयोजकमा होमनाथ पाण्डे र दिनेशराज जोशीको उम्मेदवारी परेको छ । उपसंयोजकमा हरि राम्जाली र नवीन कँडेलको उम्मेदवारी परेको छ । महिला संयोजकमा जानकी पौडेल र युवा संयोजकमा राजकुमार थपिलया निर्विरोध चयन भएका छन् ।

युरोपको क्षेत्रीय संयोजकमा सन्तोषकुमार भट्टराई, पदम गुरुङ, गंगाधर गौतम र नारायणप्रसाद आचार्यको उम्मेदवारी परेको छ ।

२ सदस्यीय उपसंयोजकमा कृष्णप्रसाद तिमल्सिना, शुक्रराज न्यौपाने, नवराज रोस्यारा, बालकृष्ण श्रेष्ठ, कुमार पण्डित, सुरेन्द्र प्रधान र मुक्तबहादुर गुरुङको उम्मेदवारी परेको छ । युरोप क्षेत्रको महिला संयोजकमा कुमारी योगिता थापा र युवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।

हेर्नुहोस् उम्मेदवारहरुको सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment