+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बाध्यताले वैदेशिक रोजगारीमा जाने अवस्थालाई अन्त्य गर्छौ : श्रममन्त्री बिष्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २९ गते १७:४८

युएई । बाध्यात्मक परिस्थितका कारण वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्न सरकार लागि परेको श्रमरोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले दावी गरेका छन् ।

चालु वर्ष न्यूनतम ५ लाख नेपालीलाई स्वदेशमै रोजगारी प्रदान गर्ने सरकारको लक्ष्य रहेको र बाँच्नैका लागि बाध्यता जनाउँदै विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न योजना तर्जुमा गर्ने काम भइरहेको मन्त्री बिष्टले बताए ।

मंगलबार साँझ नेपाली दूतावास आबुधाबीमा यहाँ कार्यरत नेपालीहरुसँगको भेटघाट कायक्रममा बोल्दै श्रम सम्बन्धी नयाँ संरचनाका लागि नीति नियम बनाउदा, निर्देशिका जारी गरेर नयाँ कामको थालनीमा केही बिरोध भए पनि श्रमिकहरुकै हित र सुरक्षाको लागि सरकारले काम गरिरहेकोले उल्लेख गरे ।

यस्तै घरेलु कामदारको विषयमा सहभागीले राखेको जिज्ञासाको जवाफ दिदै मन्त्री विष्टले खाडीमा कार्यरत घरेलु कामदारको पुनःश्रमस्वीकृतीलाई एकहदसम्म खुल्ला गरिएको र नयाँ घरेलु कामदारका विषयमा थप अध्ययन गर्नुपर्ने भएकाले तत्काल खुल्ला नगरिने स्पष्ट पारे ।

रोजगारदाता परिवर्तन गरेर काम गरिरहेका घरेलु कामदारको विषयमा थप अध्ययन र छलफल गरिरहेको जनाए ।

खाडीका साउदी, कतार, ओमान, युएई तथा कुवेतबाट ठुलो सख्यामा घरेलु कामदारको माग आइरहेको तर नेपाली नागरिकको सतप्रतिशत सुरक्षाको ग्यारेन्टी नहुँदा सम्म नयाँ घरेलु कामदारका लागि अनुमति नदिने मन्त्री बिष्टले बताए ।

बुधबारबारदेखि दुबईमा सुरु भएको मन्त्री स्तरीय पाँचौं आबुधाबी डाइलगमा सहभागी हुन मन्त्री विष्टको नेतृत्वमा श्रम मन्त्रालयका सचिव, सह-सचिव र वैदेशिक रोजगार महाशाखाका प्रमुखसहितको टोली युएई आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?