Comments Add Comment

फिल्म नजुधेपछि अशोक र दीपकको अंकमाल

गतबर्ष चलचित्र ‘जय भोले र छक्का पन्जा ३’ एकसाथ रिलिज हुने चर्चासँगै निर्माताद्धय दीपकराज गिरी र अशोक शर्माको वार नै देखियो । बाहिरी रुपमा यी दुइले एक अर्कालाई नराम्रो त भनेनन् । तर, भित्री रुपमा दुइले एक अर्काका विरुद्ध ठूलै खेल खेले । अन्तिममा चलचित्रको रिलिज मिति एक साताको फरकमा टुंगो त लाग्यो । तर, अशोक शर्माको राजनीतिको चपेटमा आफू परेको दीपकले बारम्बार बताउँदै आएका छन् ।

यो बर्ष पनि यस्तै अवस्था लगभग सिर्जना भैसकेको थियो । अशोक दीपकको चलचित्र ‘छ माया छपक्कै’ जुन मितिमा रिलिज हुन्छ, सोही मितिमा नै आफ्नो चलचित्र ‘रातो टिका निधारमा’ रिलिज गर्ने मनस्थितीमा थिए । तर, दिपकले आफूमाथि वितरक र हलवालाको ठूलो खेल भएको भन्दै दशैंको टिकापछि चलचित्र रिलिज गर्ने निर्णय गरे । योसँगै अशोक र दीपकको बक्स अफिसका लागि ठूलो खेल भएन ।

सायद, यसकै प्रभाव हुनुपर्छ चलचित्र ‘छ माया छपक्कै’को विशेष शोमा अशोक शर्मा पुगे । अशोक र दीपकले संचारकर्मीकै आग्रहमा एकसाथ तस्वीर खिचाएका थिए । तर, दुबैलाई एकसाथ तस्वीर खिचाउन सहज भने लागेको थिएन ।

अर्को बर्षको दशैंमा अशोकले चलचित्र ‘अल्लारे २’ ल्याउने घोषणा गरिसकेका छन् । दीपकराज गिरी र उनको टिमले पनि अर्को दशैंमा नयाँ चलचित्र रिलिज गर्ने सोच बनाइसकेका छन् । यस्तो अवस्थामा दुबैको चलचित्र अर्को बर्ष रिलिज भएमा फेरि खेल हुने पक्का छ । ठट्यौली शैलीमा मिडियाकर्मीले अर्को बर्षको दशैंमा तस्वीरले अर्थ राख्छ भन्दै गर्दा दीपक र अशोक मुस्कुराए मात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment