Comments Add Comment

तस्वीरमा ‘छ माया छपक्कै’

बुधबार बेलुकी काठमाण्डौको जय नेपाल हलमा चलचित्र ‘छ माया छपक्कै’को विशेष शो आयोजना भएको छ । चलचित्रको विशेष शोमा, नेतादेखि कलाकार उपस्थित थिए । चलचित्र हेर्नका लागि नायिका करिश्मा मानन्धर, नायक भूवन केसी, गायिका कोमल वली, हाँस्य कलाकार मनोज गजुरेल, नायिका बेनिशा हमाल, उपासना सिंह ठकुरी लगायत हलमा देखिए ।

यस्तै, चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट पनि हलमा देखिए । चलचित्रकी सल्लाहाकार निर्देशक दीपाश्री निरौला, निर्देशक दिपेन्द्र लामा हर्षित देखिएका थिए ।

एउटा गाउँको पानीको समस्यालाई राजनीतिसँग जोडेर चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रले राजनीतिक दलले समस्या समाधान गर्न सकेनन् भने जनता आफैले विद्रोह गर्छन् भन्ने सन्देश दिन खोजेको छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment