Comments Add Comment

मोटरसाइकल चोरीमा संलग्न २ जना पक्राउ

३० असोज, वीरगञ्ज । प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज–१६ स्थित नेशनल मेडिकल कलेज परिसरमा पार्किङ गरी राखेको ना. २० प. ११४ नम्बरको मोटरसाइकल चोरी गरी लैजान लागेको अवस्थामा बुधबार भारत बिहार राज्य जिल्ला मोतिहारी आदापुर थाना इनर्वा बेल्दर्वा बस्ने २१ वर्षीय श्याम किशोर साहलाई पक्राउ गरेको प्रहरीले  जनाएको छ ।

साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा बारा कलैया उपमहानगरपालिका-२० बसतपुरस्थित विश्वकर्मा मोटरसाइकल वर्कसपका सञ्चालक ३७ बर्षीय सिकेन्द्र साह पनि पक्राउ परेको प्रहरीले जनाएको छ । साहको पसलबाट चोरीको ना. ५२ प.६६५२ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ । बरामद भएको मोटरसाइकलसहित उनीहरुलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ ।

त्यसैगरि प्रहरीले वीरगञ्जको नगवा पोखरी क्षेत्रबाट दिपावलीलाई लक्षित गरेर अवैध रुपमा पटाका ल्याउँदै गरेका एकजनालाई पक्राउ गरेको छ ।

भारत राज्य बिहार जिल्ला मोतिहारी बच्कौरा २ का २५  वर्षीय राकेश कुश्वाहा पक्राउ परेका हुन् । बुधबार तरकारीको बोरामा लुकाएर पटाका ल्याउँदै गर्दा उनी पक्राउ परेका थिए । बुधबार नै प्रहरीले वीरगञ्ज–१४ गण्डकबाट ना ४ ख ८२१३ नम्बरको बसको छतमा १५ वटा पोकामा ल्याउँदै गरेको १५० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment