Comments Add Comment

उपचुनावको तयारीबारे छलफल गर्न कांग्रेसले बैठक बोलायो

१ कात्तिक, काठमाडौं । आसन्न उपचुनावको तयारीबारे छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

कात्तिक ७ गते बैठक बोलाइएको हो । बैठकले कास्की २ को उम्मेदपवार टुंगो लगाउने सम्भावना छ । स्रोतका अनुसार धनराज गुरुङ, देवराज चालिसेलगायतका नेताहरुको नाममा छलफल भइरहेको छ ।

यस्तै प्रदेश र स्थानीय तहका उम्मेदवारबारे पनि बैठकमा छलफल हुनसक्ने एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment