Comments Add Comment

क्रिस्टल प्यालेसमाथि म्यानचेस्टर सिटीको जित

Photo Credit : प्रिमियर लिग

३ कात्तिक, काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ ।

शनिबार राति सिटीले घरेलु टिम क्रिस्टल प्यालेसलाई २–० गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा गाब्रियल जेसुस डभिड सिल्भाले गोल गरे ।

सिटीले दुवै गोल पहिलो हाफमा गरेको थियो । खेलको ३९औं मिनेटमा जेसुसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि अर्थात खेलको ४१औं मिनेटमा सिल्भाले अर्को गोल थप्दै पहिलो हाफमा नै सिटीले २–० गोलको अग्रता बनायो ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको खेल प्रदर्शन गरेपनि क्रिस्टल प्यालेसले सिटीमाथि गोल गर्न भने सकेन ।

जितसँगै सिटीको ९ खेलबाट १९ अंक भएको छ । यता, क्रिस्टल प्यालेस भने लिगको छैटौ स्थानमा छ । लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । लिभरपुलको ८ खेलबाट शतप्रतिशत जित हात पार्दै २४ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment