+
+

भ्रमण वर्ष सफल बनाउन गति पुगेन : संयोजक वैद्य

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते ९:५७

३ कात्तिक, काठमाडौं । भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले भ्रमण वर्ष सफल बनाउन गति नपुगेको बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिन पर्यटन बोर्डले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले भ्रमण वर्ष सफल बनाउन धेरै काम गर्नुपर्ने छ, तर समय थोरै छ’, उनले भने, ‘अहिले स्पिड पुगेको छैन । सफल बनाउनका लागि हामीले स्पिड बढाउनैपर्छ ।’

वैद्यले भ्रमण वर्ष सफल पार्न गैरआवासीय नेपालीको भूमिका महत्त्वपूर्ण हुने बताए । संसारभर छरिएर रहेका गैरआवासीय नेपालीले सक्रियता देखाए भ्रमण वर्ष सफल हुन सहज हुने उनको भनाइ छ ।


सरकारले आगामी वर्षलाई भ्रमण वर्षको रुपमा मनाउँदैछ । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

कार्यक्रममा एनआरएनए र भ्रमण वर्ष सचिवालयबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ । समझदारीपत्रमा एनआरएनएतर्फबाट अध्यक्ष कुमार पन्त र सचिवालयका तर्फबाट वैद्यले हस्ताक्षर गरेका छन् ।

समझदारीमा एक एनआरएन बराबर एक पर्यटक भित्र्याउन सहयोग गर्ने उल्लेख छ ।  सम्बन्धित देशमा एनआरएनएले भ्रमण वर्ष सफल बनाउन प्रचार कार्यक्रमहरू गर्नेलगायतका विषय समझदारीपत्रमा उल्लेख छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?