+
+
Shares

चीनले नेपाललाई १५० मिलियन युआन बराबरको सैन्य सामग्री दिने सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ३ गते १५:५९

३ कात्तिक, काठमाडौं । चीन सरकारले नेपाललाई एक सय ५० मिलियन युआन बराबरको सैन्य सामग्री उपलब्ध गराउने भएको छ ।

चीन भ्रमणमा रहेका रक्षामन्त्री ईश्वर पोखरेल र त्यहाँका रक्षामन्त्री वी फेङ्हबीच आइततबार नेपाली सेनालाई सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो ।

यसअघि नेपाल भ्रमणमा रहेको चिनियाँ राष्ट्रपति सी चिनफिङले सहायता उपलब्ध गराउने प्रंतिबद्धता व्यक्त गरेअनुसार आज औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार चिनले मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सैन्य सामग्री उपलब्ध गराउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?