+
+
Shares

पदयात्राका लागि रुबी भ्याली पुगेका एक पर्यटकको मृत्यु  

रासस रासस
२०७६ कात्तिक ३ गते १६:३६

३ कात्तिक, धादिङ । धादिङको उत्तरी क्षेत्रमा रहेको रुबी भ्याली गाउँपालिका–१ सोदाङमा एक पर्यटकको मृत्यु भएको छ ।

शनिबार टेन्टमा सुतेका अष्ट्रियाका ७० वर्षिया विल्हियम विहिण्डरको टेन्टमा सुतेकै अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

पदयात्राका लागि आएका पर्यटकको अत्यधिक चिसाको कारण बास बसेकै स्थानमा मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ ।

प्रहरी उपरीक्षक राजकुमार वैदवार सदरमुकामबाट हेलिकोप्टर लिएर घटनास्थलतर्फ गइसकेको उनले बताए । घटनास्थल रुबीभ्यालीको सेर्तुङ प्रहरीचौकीबाट १० घण्टाको पैदल दुरीमा रसुवा जिल्लाको सीमा नजिकै पर्दछ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?