Comments Add Comment

उपनिर्वाचनका लागि राजपाले ३/३ जना उम्मेदवार सिफारिस गर्ने

३ कात्तिक, जनकपुरधाम । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले उपनिर्वाचन हुने ठाउँहरुबाट ३/३ जना उम्मेदवारहरुको सिफारिस गर्न सम्बन्धित जिल्लाहरुलाई निर्देशन दिएको छ ।

आगामी मंसीर १४ गते प्रतिनिधी र प्रदेशसभा तथा स्थानीय तहको विभिन्न पदको लागि हुने उप निर्वाचनका लागि ३/३ वटा सम्भावित उम्मेदवारको नाम चयन गर्न संयोजक महन्थ ठाकुरले निर्देशन दिएका छन् ।

ठाकुरले जिल्ला संयोजकहरुलाई पत्र लेख्दै अध्यक्ष मण्डलका सबै सदस्यहरुलाई अनिवार्य रुपमा बैठकको जानकारी गराई बैठक बसेर सोही बैठकबाट उम्मेदवारको नाम छनौट गर्न भनेका छन् । कात्तिक १३ गते अपरान्ह ५ बजेसम्म अनिवार्य रुपमा राजपाको केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम पठाउन पत्रमा निर्देशन दिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment