Comments Add Comment

जाडो याममा सौन्दर्य चिन्ता

चिसो मौसममा शरीरलाई अरु समयमा भन्दा धेरै हेरचाहको आवश्यकता हुन्छ । यो समयमा चिसो हावा चल्ने र वातावरण पनि चिसो हुने भएकोले छाला लगायत शरीरको विभिन्न अंगहरुलाई बढी नै ध्यान दिनुपर्ने हुन्छ ।

शरीरलाई धेरै वास्ता नगर्ने हो भने छाला चिलाउने, कपालमा चाया पर्ने समस्या, अनुहारमा विभिन्न किसिमका समस्याहरु देख्ने गरिन्छ । यही समयमा हाम्रो ओठको छाला फुट्ने, अन्य स्थानको छाला समेत फोस्रो हुने गर्दछ । त्यसैले जाडो मौसम हामीहरुको स्वास्थ्यको लागि बढी संवेदनशील मानिन्छ ।

चिसोमा शरीरमा आउने समस्याबाट कसरी बच्ने ?

– यो मौसममा समस्याहरुबाट बच्न पनि अनेक उपायहरु अपनाउन सकिन्छ । जसले शरीरको विभिन्न अंगहरुको सुरक्षा गर्न सकियोस् । यस मौसममा साबुनको कम प्रयोग गर्न सकिन्छ । किनकी साबुनले जाडो महिनामा छालालाई सुख्खा बनाउने गर्छ ।

– जाडो महिनामा कोक, बटर, मिल्क क्रिम, मोश्चराइजर आदिले मालिस गर्न सकिन्छ ।

– अधिक तातो पानीले स्नान गर्नुहुँदैन । स्नान गर्ने समय पानीमा केही बेबी ओइल, अलिव ओइल या बडी ओईल समेत राख्न सकिन्छ । यसलेगर्दा छाला मुलायम बन्छ ।

– यस मौसममा स्टीम बाथ लिनु स्वास्थ्यको लागि लाभदायक हुन्छ । शरीरमा जैतुन, नरिवल, सरस आदिको तेलले मालिस गर्दा पनि त्वचा मुलायम हुने गर्छ ।

– बाहिरबाट आएलगत्तै हात-खुट्टा र अनुहार धोएपछि हेण्ड एण्ड बडी लोसन लगाउनुपर्छ । यसले हात र खुट्टालाई मुलायम बनाउन मद्दत गर्छ ।

चिसो मौसममा सौन्दर्य

यो संवेदनशील मौसममा सौन्दर्य कायम राख्नको लागि निकै कठिन हुने गर्दछ । यो मौसममा खानुको साथै शरीरमा केही आयुर्वेदिक सामग्रीहरु लेपन पनि गर्न सकिन्छ । जाडो मौसममा मेवाको सेवनले पाचन प्रक्रियालाई सक्रिय गराउन मद्दत गर्दछ । यसलाई खानुको साथै कुटेर अनुहारमा लेप लगाउँदा पनि यसले चेहराको सौदर्यलाई रक्षा गरिरहेको हुन्छ । चिसो मौसममा अनुहार कालो कालो हुँदै गएको अनुभव भयो भने यसमा मेवाका साथै टमाटरको मात्रा समेत मिसाएर अनुहारमा लगाउन सकिन्छ ।

यो लगाउँदा एक पटक सुकेपछि फेरि लगाउने र यसैलाई ५ पटकसम्म दोहोर्‍याई रहन सकिन्छ । यसलाई कम्तिमा २० मिनेटसम्म लगाएपछि चिसो पानीले धुनुपर्छ । यस्तो प्रक्रिया ७-८ दिनसम्म लगाएपछि अनुहारमा कुनैपनि समस्या देखिनेछैन । यसका अलावा दुध र मख्खनले पनि अनुहार र हात धुन सकिन्छ । दुधमा बेसन र चन्दनको धुलो मिसाएर लगाउँदा अनुहारमा चमक आउने गर्दछ । नौनीको प्रयोग पनि यसैगरी नै गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment