Comments Add Comment

निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’

केही दिन अगाडि मात्र निर्देशक सिमोस सुनुवारले ‘छक्का पन्जा’ टिमसँग सहकार्य गरेर ‘छन् गेडी सबै मेरी’ निर्देशन गर्ने समाचार बाहिरिएको थियो । चलचित्रको स्क्रिप्ट पनि दीपकराज गिरीसम्म पुगिसकेको थियो । तर, नाम र स्क्रिप्टमा दीपक–दीपाको मन बलियो तरिकाले नसबेको वुझिएको छ ।

निश्चल र स्वस्तिमासँग गरिएको ‘ओके मस्ती टक’को भिडियो यहाँ हेर्नुहोस्ः


दीपकराज गिरी र उनको टिमसँग सिमोसले काम गर्ने चर्चा चलिरहँदा अब भने सिमोस नयाँ चलचित्र निर्देशनमा लागेका छन् । रियल लाइफ जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका रहनेगरि चलचित्र ‘दिमाग खराब’ बन्ने भएको छ, जसलाई सिमोसले निर्देशन गर्ने भएका छन् ।

कलाकार बस्नेतले भने–‘हो, हामीले दिमाग खराबमा काम गर्ने पक्का भएको छ । पुषबाट चलचित्रको छायांकन सुरु हुनेछ ।’ केही दिन अगाडि मात्र अनलाइनखबरसँग कुराकानी गर्दै निश्चल र स्वस्तिमाले एकसाथ चलचित्रमा काम गर्न लागेको बताएका थिए ।

यो चलचित्र निश्चलको ‘ब्ल्याक हर्स पिक्चर्स’ र सिमोसको ‘आलु प्रोडक्सन’को संयुक्त व्यानर निर्माण हुनेछ । यो चलचित्रलाई अहिले प्रतिक गुरुङ, निश्चल बस्नेत र सफल केसीले मिलेर लेखिरहेका छन् । यो चलचित्रलाई ‘सक्कीगोनी’ टिमले निश्चलको निर्देशनमा बनाउने चर्चा समेत चलेको थियो ।

तर, पछि निश्चलले कथा मन नपरेको भन्दै छाडेका थिए । चलचित्र विकास बोर्डमा दर्ता गरेको ३ बर्षसम्म पनि चलचित्र बनेन भने त्यो नाम अर्को ब्यानरले दर्ता गर्न पाउँछ । यसैले अहिले निश्चल र सिमोस मिलेर यो नाममा चलचित्र बनाउन लागेका हुन् । ‘सक्कीगोनी’ टिमले ‘फनफनी’ बनाउने चर्चा चलेको पनि लामै समय भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment