Comments Add Comment

प्रदेश २ मा लोकसेवा आयोगले पायो पूर्णता, दुई सदस्यले लिए शपथ

४ कात्तिक, जनकपुरधाम । प्रदेश २ मा लोकसेवा आयोगले पूर्णता पाएको छ । आयोगले पूर्णता पाएसँगै कर्मचारी भर्नाको बाटो खुलेको छ ।

आयोगमा थप दुई जना सदस्य नियुक्त भएसँगै यसले पूर्णता पाएको हो । आयोगमा थप भएका दुई जना सदस्यहरुले सोमबार शपथ ग्रहण गरेका छन् । जनकपुरधामको मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच आयोग सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।

लोक सेवा आयोगको सदस्यमा नियुक्त भएका डा. सुजाता देव र महारुद्र झालाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शपथ ग्रहण गराए ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, आर्थिक मामिला तथा योजना मन्त्री बिजय यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, वन तथा पर्यटन मन्त्री राम नरेश राय, प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्य नारायण मण्डल, लोकसेवा आयोगका अध्यक्ष प्रा. डा. सुरेन्द्र प्रसाद यादव, नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झासहितको उपस्थिति थियोे ।

लोकसेवा आयोगका अध्यक्ष यादवले यसअघि नै शपथ ग्रहण गरिसकेका छन् । यादवलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले गत भदौ २२ गते मधेश भवनको कभर्ड हलमा आयोजित एक कार्यक्रमकाबीच शपथ ग्रहण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment