Comments Add Comment

तिहार मान्न घर जाँदै हुनुहुन्छ ?

अफिसको कुर्सीमा बसिरहेकी मोनिकाको आँखा अचानक टेबलमा राखिएको क्यालेन्डरमा पुग्छ । उनले क्यालेन्डर हेरेर तिहार नजिकिसकेको थाहा पाउँछिन् । उनले तिहारमा घर जाने योजना बनाएकी छिन् । तर, उनको ठूलो समस्या भनेको घर जान बस अथवा प्लेनको टिकट पाउने हो कि होइन भन्ने थियो ।

त्यहि पनि उनले ल्यापटपमा प्लेनको टिकट हेर्न थालिन् । तर, सबै टिकट बुक भईसकेको थियो । प्लेन मात्र नभएर बस, माइक्रो बसमा पनि उनले सिट पाइनन् । उनी अब घर कसरी जाने ? परिवार बिना तिहार कसरी मनाउने भन्ने बारेमा सोच्न थालिन् ।

मोनिका जस्तै यहाँ धेरै मानिसहरु आफ्नो घर-परिवारबाट टाढा शहरमा पढ्न अथवा जागिर खान बस्छन् । काम र पढाईको क्रममा घरबाट टाढा भएका यस्ता मानिसहरुलाई अरु समयभन्दा चार्डपर्वमा घर र परिवारको सम्झना धेरै आउँछ । त्यसैले उनीहरु चार्डपर्वमा जसरी पनि घर जान खोज्छन् ।

दशैं-तिहारको टिकट खुल्नासाथ आफ्नो सिट बुक गर्नका लागि घण्टौं लाईन बस्ने अथवा इन्टरनेट ब्यस्त रहन्छन् । कुनै व्यक्ति त घर जाने टिकट बुक गराउनका लागि अफिस नै छुटि्ट समेत लिन्छन् । तर, यति हुँदा पनि कहिलेकाहीँ सिट पाईंदैन । त्यही सिटको लागि चिनेजानेको मानिसलाई अनुरोध गर्नुपर्ने साथै बढी पैसा तिर्नुपर्ने जस्ता अनेकौं समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।

धेरै नोक्सान हुन सक्छ

एक दिनको पर्वको लागि मारामर गरेर घर किन जानु भन्ने प्रश्न उठ्न सक्छ । दशैं-तिहार त तपाईं जहाँ बस्नु भएको छ, त्यहाँ पनि मनाउन सक्नुहुन्छ । यदि घर जाने व्यवस्था हुन सकेन भने बिना अर्थ समस्या उत्पन्न किन गराउनु ? तर, चार्डपर्वमा जुन रमाइलो आफन्त र घर-परिवारका साथ हुन्छ । त्यो घरबाट टाढा रहेर हुँदैन । त्यसको लागि सचेत हुनु आवश्यक छ । अर्थात्, सुरुबाट नै घर जाने व्यवस्था गर्नु बुद्धिमानी हुन्छ । यसो नगर्दा विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन सक्छ । हड्बडीमा यात्रा गर्नाले विभिन्न किसिमको नोक्सानहरु हुन्छ, जुन यसप्रकार छन् ।

सबैभन्दा अगाडि र ठूलो नोक्सान पैसाको हुन्छ । यदि तपाईंले समयमा नै टिकट बुक गर्न सक्नुभएन भने तत्काल टिकट पाउन असम्भव हुन्छ । यदि कुनै दलालको माध्यमबाट टिकट बुक गराउनुभयो धेरै महँगो पर्न सक्छ । यस बाहेक यदि तपाईं प्लेनबाट घर जाने विचार गर्नुभएको छ भने त्यो पनि तपाईंलाई महँगो नै हुन्छ ।

पैसाबाहेक दोस्रो नोक्सान भनेको अफिसको काम हो । यदि तपाईंले घर जाने निश्चित नै गर्नु भएको छ भने अफिसको सम्पूर्ण काम सकेर जान पाए हुने भन्ने कुरा तपाईं हरेक समय सोच्नुहुन्छ । सोच्नु पनि पर्छ किनभने तपाईंको कामको बोझ अरुलाई हुुनु हुँदैन । घर जाने हतारमा गरिएको काम राम्रो हुन्छ भन्ने हुँदैन । तपाईंले गर्नुभएको हरेक कामको मूल्यांकन भइरहेको हुन्छ, जसको असर तपाईंको बृत्तिविकासको समयमा पर्छ । तपाईंले काम गर्ने संस्थानहरुले आफूकहाँ काम गर्ने कर्मचारीको कामप्रतिको इमान्दारी, मेहनत र लगनलाई यस्तै मौकाहरुमा नियाल्ने गर्छन्  । तपाइर्ंको त्यस्तो नराम्रो छविले तपाईंको वर्ष दिनभरीको मेहनत खेर जानसक्छ ।

कहिलेकाहीँ घर जानको लागि आफ्नो जिम्माको काम सक्ने क्रममा खाना खान बेवास्ता गरिन्छ । कुनै समय कुबेलामा खाना खाने गरिन्छ । तर, यसो गर्दा तपाईंको स्वास्थ बिग्रन सक्छ ।

सिट टुंगो नहुँदा केवल ठाउँ पाउन अनेक उल्झनको सामना मात्र गर्नुपर्ने होइन सामान हराउने पनि डर हुन्छ । सम्पूर्ण यात्रामा तपाईं आफ्नो सामान बोकेर यात्रा गर्न सक्नु हुँदैन, जसका कारण सामान यताउता हुनसक्छ ।

सुरुबाट नै तयारी गर्नुपर्छ

चार्डपर्वमा घर जाने सोच्नु भएको छ भने यसको योजना पनि सुनियोजित तरिकाले गर्नुपर्छ । जस्तै, दशैं-तिहारमा घर जानेहरुका लागि बसको टिकट एक महिना अगाडिबाट नै खुल्न थाल्छ । यो कुरामा तपाईंले ध्यान दिनुपर्छ । तपाईंले घर जाने सोच बनाइसक्नु भएको छ भने टिकट खुलेको दिन नै टिकट बुक गर्नुपर्छ । टिकट खुलेको केही समयपछि सिट पाउन गाह्रो हुने कुरालाई ध्यान दिनुपर्छ । यदि तपाईं दलालसँग बढी पैसा लिएर टिकट पाउँछु भन्ने सोचाईमा हुनुहुन्छ भने दलालले दिएको टिकट झुटो पनि हुनसक्छ ।

दलालले एउटै टिकट धेरैलाई बेचेका हुन्छन् । जसमा जो छिटो आयो त्यसैले सिट पायो भन्ने नियमको पनि सामना गर्नुपर्ने हुनसक्छ । आफूले काम गरेको अफिसको हाकिमलाई आफू घर जाने कुरा अगाडि नै भन्नुपर्छ । यसो गर्दा तपाईंले गर्नुपर्ने महत्वपूर्ण कुरा तपाईंले पहिला नै थाहा पाउनुहुन्छ र यसलाई तपाईं कुशलताका साथ र समय लगाएर पूरा गर्न सक्नुहुन्छ ।

यदि तपाई कलेज पढ्ने विद्यार्थी हुनुहुन्छ र घर जाँदै हुनुहुन्छ तर दशैंं-तिहारको छुट्टपिछि नै तपाईंको परीक्षा छ भने अथवा कुनै महत्वपूर्ण प्रोजेक्ट पेश गर्नुपर्ने छ भने त्यसको तयारी गरेर मात्र घर जाने टिकट बुक गराउनुपर्छ ।

घर जान पाइएन भने

जति नै कोसिस गरेपनि यदि तपाईं चार्डपर्वको बेला घर जान पाउनुभएन भने उदास हुनुपर्दैन । न त चार्डपर्वको उत्साहलाई कम हुन दिनुपर्छ । तपाईं जुन शहरमा बसोबास गर्नुहुन्छ, त्यही शहरमा तपाईंले चार्डपर्व मनाउन सक्नुहुनेछ । आफ्ना परिवारका सदस्यहरुसँग त तपाईं धेरै पटक चार्डपर्व मनाइसक्नु भएको हुन्छ । तर, यसपटक नयाँ व्यक्तिहरुसँग नयाँ तरिकाले चार्डपर्व मनाएर हेर्नुहोस् त । यदि तपाईं बसोबास गरेको घरमा अथवा टोलमा तपाईं जस्तै कुनै अर्को व्यक्ति चार्डपर्व मनाउन घर जान पाएको छैन भने तपाईंले उसँगै मिलेर चार्डपर्वमा रमाइलो गर्न सक्नुहुनेछ ।

अचेल तिहार जस्ता चार्डपर्वमा विभिन्न संघ-संस्था तथा समुदायहरुले रमाइलो कार्यक्रमहरु आयोजना गरेका हुन्छन् । तपाईंले ती कार्यक्रमहरुमा सहभागिता जनाएर समेत चार्डपर्वको मज्जा लिनसक्नु हुनेछ । यसो गर्दा तपाईंले चार्डपर्वको रमाइलो नयाँ शैलीले गर्न सक्नुहुनेछ ।

तपाईं बसोबास गरिरहेको शहरमा कुनै राम्रो घुम्ने ठाउँ छ भने चार्डपर्वको अवसर पारेर तपाईं त्यहाँ घुम्न जान सक्नुहुनेछ ।

चार्डपर्वको मुख्य दिन तपाईंले त्यस्तो काम गर्न सक्नुहुनेछ, जुन तपाईंले यसअघि कहिले पनि नगर्नु भएको होस् । अघिल्ला वर्षहरुको चार्डपर्वमा तपाईंले घर तथा परिवारका सदस्यहरुका लागि धेरै कुरा किन्नुभएको हुनसक्छ । यसपटक तपाईंले त्यस्ता व्यक्तिहरुका लागि किनमेल गर्न सक्नुहुनेछ, जसले आफ्नो लागि केही पनि किन्न सक्दैनन् । चार्डपर्वको अवसर पारेर यसपटक तपाईंले अनाथ बालबालिकाहरुको बासस्थान अथवा बृद्धाश्रममा गएर आफूले सकेको सहयोग गरेर आफैंलाई खुशी बनाउन सक्नुहुनेछ । चार्डपर्व मनाउने यो नयाँ शैलीले तपाईंलाई जुन अनुभूति दिनेछ, त्यसलाई तपाईंले कहिलै बिर्सन सक्नुहुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment