+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
139/9 (20)
VS
Sudurpaschim royals won by 45 runs
कर्णाली याक्स 2025
94/10 (19.2)
Shares

राजश्व छलीको आरोपमा बाबुछोराविरुद्ध मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ५ गते ११:३८

५ कात्तिक, काठमाडौं । सुनचाँदी कारोवारमा भन्सार छलेर चोरी पैठारी गरी राजश्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको अभियोगमा बाबुछोराविरुद्ध राजश्व अनुसन्धान विभाग ललितपुरले मुद्दा चलाएको छ ।

भारत पलियाखिरी घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने अतुल वर्मा र धनगढीमा शिवम् सुनचाँदी पसल सञ्चालक उनका बाबु सुशीलकुमार राजपुतविरुद्ध विभागले रु आठ करोड, छ लाख बिगो कायम हुने गरी कैलाली जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।

प्रतिवादी अतुलले बुबा सुशीलकुमारको नाममा दर्ता भएको शिवम् सुनचाँदी पसलको आडमा भन्सार छलेर चोरी पैठारी गरी नेपाल ल्याएको सुनचाँदी काठमाडौंबाट अवैध रूपमा बिनाबिल बिजक खरीद तथा बिक्री वितरण गरेको अनुसन्धानबाट खुल्न आएको विभागले जनाएको छ ।

उक्त कारोबारबाट प्राप्त भएको रकम अतुलको बैंक खातामा जम्मा गरी शिवम् सुनचाँदी पसलको कारोबार न्यून देखाइ आयकरसमेत छली भन्सार चोरी पैठारी गरी भन्सार राजश्व तथा आयकर चुहावट गरेको आरोप उनीहरुमाथि लगाइएको छ ।

विभागले रु आठ करोड छ लाख आठ हजार बिगो कायम गरी उक्त बिगो असुलउपर गराई दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको मागदाबीसहित सोमबार मुद्दा दर्ता गरेको जनाएको छ । अतुलसँग भारतबाट नेपाल आउँदै गर्दा बरामद भएको तीन लाख भारतीय रुपैयाँ र रु २५ हजार फेला परेकाले विदेशी विनिमय (नियमित गर्ने) ऐनविपरीत कसुरसमेत गरेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?