
५ कात्तिक, काठमाडौं । प्रहरीले सालकको खपटा र दुर्लभ वन्यजन्तुको छालासहित २ जनालाई पक्राउ गरेको छ ।
मंगलबार विहान साढे ११ बजे काठमाडौं महानगरपालिका २६ नरसिंह चोकबाट ३ फिट ११ इन्च लम्बाई भएको दुर्लभ वन्यजन्तुको छाला र एक किलोग्राम ४ सय ग्राम सालकको खपटासहित नवराज न्यौपाने र केशव अर्याललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई अनुसन्धानका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4