Comments Add Comment

तालु खुईलेको कथामा आधारित फिल्म विवादमा

बलिउड अभिनेता आयुष्मान खुराना अभिनित फिल्म ‘बाला’ तथा निर्देशक अभिषेक पाठकको फिल्म ‘उजडा चमन’ को विवाद भारतको सर्वोच्च अदालतसम्म पुगेको छ ।

वास्तवमा फिल्म उजडा चमनका निर्देशक अभिषेक पाठकले सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दै ‘बाला’ को प्रदर्शनमा रोक लगाउन माग गरेका छन् । उनको निवेदनमा दुबै फिल्मको कथामा एकरुपता भएको कुराले विवाद उत्पन्न गराएको उल्लेख गरिएको छ ।

यसका साथै नोभेम्बर ७ मा ‘बाला’ प्रदर्शन हुनुभन्दा अघि यो विवादलाई समाधान गर्न आग्रह गरिएको छ । अदालतले भने नोभेम्बर ४ का दिन उक्त मुद्दाको सुनुवाइ गर्ने मिति तय गरेको छ । यसकारण पनि अब बालाको प्रदर्शन मितिमा परिवर्तन हुन सक्ने अनुमान गरिएको छ ।

निर्देशक पाठकले प्रारम्भमा बम्बे हाइकोटमा एउटा गुनासो दर्ता गराएका थिए । बालाको ट्रेलर सार्वजनिक भएपछि पाठकले बाला र उजडा चमनमा धेरै समानता देखिएको बताएका थिए । ‘मलाई थाहा छैन यो के भैरहेको छ, मेरो फिल्मको ट्रेलर अक्टोबर १ का दिन सार्वजनिक भएको थियो भने उनीहरुको फिल्मको ट्रेलर १०-११ तारिकमा आएका थियो,  निर्देशकका पाठकका भनाइ छ । उनको प्रश्न छ-‘उनीहरुलाई यस्तो समानता कसरी भयो भनेर जिज्ञासा राखिनु पर्ने होइन ? मेरो फिल्मको टे्रलर पहिला रिलिज भएकाले उनीहरुले केही त गर्नु पर्ने हो नि…कम्तिमा केही कुरा त परिवर्तन गर्नु पर्ने नि ?’

स्मरणीय कुरा के छ भने यसअघि पनि म्याडोक फिल्म्सलाई फिल्मको घोषणा लगत्तै नोटिस पठाइएको थियो । अर्कोतिर बाला फिल्मका निर्माताले भनेका छन्-‘मलाई अरु केही पनि थाहा छैन, किनभने म यतिबेला एउटा फिल्म बनाइरहेको छु । मैले के थाहा पाएको छु भने बाला जस्तै अर्को एउटा फिल्म बनेको रैछ ।’

रमाइलो कुरा के छ भने यी दुबै फिल्ममा एउटा त्यस्ता व्यक्तिको कथा समेटिएको छ, जसको टाउकोमा केश छैन । त्यही कारणले उनले विवाह गर्नका लागि धेरै प्रकारका समस्याहरुको सामना गर्नु परेको छ । मुख्य कुरा के छ भने दुबै फिल्मको पोस्टर पनि उस्तै छ र फिल्मको विषयवस्तु पनि उस्तै छ । यीनै कारणले गर्दा उजडा चमनका निर्देशकले फिल्म बालामा केही न केही त परिवर्तन होस् भन्ने चाहेका हुन् । बाला फिल्म नोभेम्बर ७ तथा उजडा चमन नोभेम्बर ८ का दिन प्रदर्शन हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment