Comments Add Comment

शो कम पाएपछि २ साता पछि सर्यो ‘घामड शेरे’

कात्तिक ८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘घामड शेरे’को निर्माणपक्षले रिलिजको २ दिन अगाडि आफ्नो प्रदर्शन मिति पछि सारेको छ । चलचित्रको आज मात्र मल्टिप्लेक्समा शोज खुलेको थियो । तर, मल्टिप्लेक्सले न्यून शो उपलब्ध गराएपछि चलचित्रको रिलिज मिति नै पछि सारिएको हो ।

चलचित्रको वितरण कम्पनले चलचित्रको प्रदर्शन मिति कात्तिक २२ मा सरेको जानकारी गराएको छ । चलचित्रका मुख्य कलाकार निश्चल बस्नेतले आक्रोशपूर्ण स्टाटस समेत लेखेका छन् । निश्चलले आफ्नो अगाडि अब कुनै वितरक, हलवाला र केही चलचित्रकर्मीले नेपाली चलचित्रको विकासका लागि काम गर्दैछौ भनेर नभन्न चेतावनी समेत दिएका छन् ।

यो मितिमा चलचित्र ‘पोई पर्यो काले’ पनि रिलिज हुँदैछ । अब, पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टी श्रेष्ठ अभिनित चलचित्र सोलो रिलिज हुने भएको छ । काठमाण्डौको क्यूएफएक्सले आफ्नो चेनमा दुई नेपाली चलचित्रलाई भन्दा हिन्दी चलचित्र ‘हाउसफूल ४’लाई चार गुणा बढी शोज उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment