+

च्याम्पियन्स लिग : चेल्सीले जित्यो, भ्यालेन्सिया र लिली बराबर

२०७६ कात्तिक  ७ गते ७:२९ २०७६ कात्तिक ७ गते ७:२९
च्याम्पियन्स लिग : चेल्सीले जित्यो, भ्यालेन्सिया र लिली बराबर

७ कात्तिक, काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।

बुधबार राति च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा चेल्सीले आयाक्सलाई १–० गोलको कठिन जित निकालेको हो ।

चेल्सीको जितमा मिची बाट्सुएयीले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको चेल्सीले दोस्रो हाफको पनि अन्तिम समयमा गोल गर्दै जित हात पारेको हो । खेलको ८६ औं मिनेटमा बाट्सुएयीले गोल गर्दै चेल्सीलाई जिताए ।

त्यस्तै, यही समूहमा भएको अर्को खेलमा भ्यालेन्सिया लिलीसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय