Comments Add Comment

उपाधिका लागि काठमाडौं र चितवन भिड्दै

७ कात्तिक, काठमाडौं । महिला च्याम्पियन्स लिग क्रिकेटको उपाधिका लागि आज क्याट क्वीन्स काठमाडौं र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।

टीयू क्रिकेट मैदानमा आज ११ बजेर ३० मिनेटमा काठमाडौं र चितवन उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

चितवन लिग चरणको सबै खेलमा सत प्रतिशत जित हात पार्दै फाइनलमा पुगेको हो । यता, काठमाडौं भने इलिमिनेटर खेलमा विराटनगर टाइटन्सलाई पराजित गर्दै फाइनल पगेको टिम हो ।

लिग चरणमा भएको खेलमा चितवनले काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो ।

सर्वाधिक धनराशिको महिला च्याम्पियन्स लिग क्रिकेटको विजेता टिमले सात लाख नगदसहित ट्रफी हात पार्नेछ । त्यस्तै, उपविजेताले तीन लाख नगद पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट घोषित हुने खेलाडीले टीभीएस स्कुटरसहित ५० हजार रुपैयाँ नगद हात पार्नेछन् । त्यस्तै, उत्कृष्ट ब्याट्सवुमन र बलरले जनही २५ हजार प्राप्त गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment