Comments Add Comment

फेमिली डिनरका फाइदै-फाइदा

आजको परिवर्तित जीवनशैलीका कारण प्रत्येक घरका हरेक व्यक्ति आफ्नो काममा यति व्यस्त हुन थालेका छन् । जसका कारण परिवार सबै सदस्यहरुलाई एकै साथ बसेर खाना खाने समय पनि हुँदैन ।

आज विद्युतीय उपकरण तथा ग्याजेटहरुको बढ्दो प्रयोगले त झन् परिवारका सदस्यहरु घरमा भएको बेलामा समेत आ-आफ्ना कोठामा नै खाना खान थालेका छन् । उनीहरुलाई केही कुरा गर्नुपर्‍यो भने पनि मोबाइल अथवा इन्टरनेटकै माध्यमबाट गर्छन् ।

यसरी परिवारका सदस्यहरु नै एउटै घरमा रहेर पनि टाढा भए जस्तो व्यवहार हुन थालेको छ । त्यसैले यस्तो स्थितिमा घरका सबै सदस्य मिलेर डिनर गर्ने बानी बसाल्नुपर्छ । त्यसो गर्दा परिवारमा केवल खुशी बढ्ने मात्र होइन, हाम्रो स्वस्थमा पनि फाइदा पुग्छ ।

आज हामी परिवारका सबै सदस्यसँगै बसेर डिनर गर्नाले हुने फाइदाहरुको बारेमा जानकारी दिँदैछौं । जसले गर्दा तपाईंंको पुरा परिवार सधैंसँगै मिलेर डिनर गर्नेछन् ।

फेमिली टाइम

दिनभरीमा परिवारका प्रत्येक सदस्यहरुको समय तालिका जति व्यस्त भएतापनि रातिको खाना आफ्नो परिवारका सदस्यसँगै बसेर खाने समय अवश्य निकाल्नुपर्छ । कहिलेकाहीँ कामको सिलसिलामा सबै सदस्यहरु भिन्दा-भिन्दै समयमा खाना खाँदा परिवार हुँदा-हुँदै पनि एक्लो भएको अनुभव हुन्छ । त्यस्तो स्थितिमा डिनरसँगै गर्नाले तपाईंंलाई परिवारका हरेक सदस्यको लागि भिन्दै समय निकाल्नु पर्दैन ।

तनाव कम हुन्छ

बच्चादेखि बृद्धसम्म दिनभरी आफ्नो काममा यति व्यस्त रहन्छन् । तर, राति सबै परिवारसँगै बसेर खाना खानाले सबैलाई निकै रमाइलो महसुुस हुन्छ । डिनर टेबलमा जब सबै एक-अर्कासँग कुरा गर्दै हाँस्दै, आफ्नो समस्याहरुको बारेमा कुरा गरेर जब सबै समस्याहरुको समाधान गर्ने उपाय पनि प्राप्त हुन्छ र मन पनि हल्का हुन्छ । त्यसोगर्दा तपाईंको दिनभरीको तनाव पनि कम हुन्छ ।

हेल्दी इटिङ

व्यस्त जीवनशैलीका कारण आजकल सबैले पेटभर खाना त खान्छन् । तर, आफ्नो पोषणमा कम मात्र ध्यान दिन्छन् । यस्तो स्थितिमा परिवारसँगै बसेर खाना खानाले परिवारका ठूला सदस्यले मात्र होइन बच्चाले पनि पोषणयुक्त खाना खान थाल्छन् । बच्चाहरुमा पनि पोषिलो खाना खाने बानी बस्न थाल्छ ।

स्वास्थ्य लाभ

परिवारका सबै सदस्यहरुले एकै साथ डिनर गर्नाले स्वास्थ्य सम्बन्धी समस्याहरु जस्तै, डिप्रेसन, मोटोपन, खानेबानी, नसालु पदार्थको सेवन आदिबाट तपाईं टाढा रहनुहुन्छ । सधैंसँगै डिनर गर्नाले तपाईंंको इमोसनल हेल्थको लागि पनि धेरै राम्रो हुन्छ ।

यी कुराहरुमा ध्यान राख्नुपर्छ

डिनर टेबलमा खाना खाँदा फोन अथवा इन्टरनेटको प्रयोग गर्नु हुँदैन । त्यस क्रममा कुनै पनि त्यस्ता कुराहरु गर्नु हुँदैन । जसले आपसमा मनमुटाव होस् । खाना खाने समयमा सबै सदस्य खुशी होस् भन्ने कोसिस गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment