Comments Add Comment

‘अन्तरे’ निर्माणको घोषणा

चलचित्र ‘अन्तरे’ निर्माणको घोषणा गरिएको छ । यो चलचित्रलाई सत्यराज चौलागाँइले निर्देशन गर्ने भएका छन् । उनले चलचित्र ‘अनुराग’ निर्देशन गरिसकेका छन् ।

रेड आइज फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रमा राज पण्डित र सुवास राइको लगानी रहनेछ । समसामयिक कथामै चलचित्रको कथा तयार पारिएको निर्देशक चौलागाँइको भनाई छ ।

चलचित्रका लािग मुख्य पात्रहरु भने छनोट गरिएको छैन । निर्देशकले भने–‘यो चरित्रात्मक चलचित्र भएकाले सोही किसिमको चरित्र निर्वाहा गर्न सक्ने कलाकारसँग कुरा भैरहेको छ । तिहार लगतै चलचित्रका कलाकार फाइनल गरिने निर्माणपक्षले बताएको छ ।

सत्यराजले १२ बर्षदेखि चलचित्र क्षेत्रमा काम गरिरहेका छन् । चलचित्र ‘अनुराग’ चिप्लिएपछि सत्यका लागि ‘अन्तरे’ विशेष हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment